हेटौडा । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो मङ्गलवार गरिएको ३२ वटा नमुनाको जिन सिक्वेन्सिङमा दुई जनामा बीए ५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले जानकारी दिनुभयो । यसमध्ये एक नमुना केन्द्रीय डायगोनिस्टिक सेन्टर र अर्को बेहलिया नाकाबाट प्राप्त भएको हो ।
प्रवक्ता मिश्राले बीए २ र बीए १ सब भेरियन्टको फैलावटलाई विस्थापित गर्दै बीए ५ सब भेरियन्ट सक्रिय बनेको बताउनुभयो । बीए ५ यसअघिका अरू सब भेरियन्टभन्दा बढी सङ्क्रामक रहेकाले स्वास्थ्यका मापदण्ड पालनामा बढी सचेत हुन पनि उहाँले आग्रह गर्नुभयो ।
सेयर गर्नुहोस्