सन्चो हस्पिटलले गर्‍यो करिब एक सय कर्मचारी निशुल्क जीवन बिमा

हेटौंडा टुडे
२५ असार २०७९, शनिबार २३:०७

हेटौंडा  । हेटौंडामा रहेको सन्चो हस्पिटल प्रा. लि. ले आफ्नो सबै कर्मचारीहरुको जीवन बिमा निशुल्क गरेेेको छ । स्वास्थ्य क्षेत्रमा रहि आम मकवानपुर बासीहरु सहित जिल्ला बाहिरका नागरिकलाई पनि स्वास्थ सुबिधा दिएको हस्पिटलले आफ्नो स्वास्थ्य सस्थामा कार्यरत सबै कर्मचारीहरुलाई पनि सेवा प्रदान गरेको छ । आफुहरुले जिल्लामै पहिलो पटक स्वास्थ सस्थामा कार्यरत कर्मचारीहरु र सेर सदस्यहरु गरि करिब ९५ जना कर्मचारीहरुको जिबन बिमा निशुल्क गरेको हस्पिटलका अध्यक्ष बिजय पुडासैनीले जानाकारी दिनु भयो । रिलायन्स लाईफ ईन्सोरेन्स लिमिटेडका एरिया म्यानेजर सुर्य गिरि र हस्पिटलको तर्फबाट अध्यक्ष बिजय पुडासैनी बिच सबै कर्मचारीहरुको जिबन बिमा गरिएको हस्पिटलका म्यानेजर असोक कायस्थाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*