हेटौडा । गत असार १६ गते प्रदेश सरकारको आगामी आर्थिक वर्ष बागमती प्रदेशसभाको चालु दशौं अधिवेशनको २५ औं बैठक आज बस्दैछ। आर्थिक वर्ष २०७९र०८० को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा रहेका विधेयकहरु माथि दफावार छलफल भई प्रतिवेदन तयार भएका उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । बैठकमा संसदमा संशोधनका लागि पेश भएको केही प्रदेश ऐन संशोधन विद्येयक–२०७९ माथि छलफल हुने कार्यसूची रहेको प्रमुख सचिव खड्काले बताए ।
सेयर गर्नुहोस्