लोकतान्त्रिक हिन्दुराष्ट्रको एजेन्डा बोक्ने पार्टी राप्रपा नेपाल मात्र हो :  महामन्त्री बर्तौला

हेटौंडा टुडे
३२ असार २०७९, शनिबार १८:२५

हेटौंडा ।  राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले नेपालमा लोकतान्त्रिक हिन्दुराष्ट्रको एजेन्डा बोक्ने पार्टी राप्रपा नेपाल मात्र भएको बताएका छन् । हिजो शुक्रबार हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै बर्तौलाले हिन्दुराष्ट्रको कुरा सङ्ग कोहि गैर हिन्दुहरु तर्सिनु नपर्ने बताए । उनले हिन्दुराष्ट्र पहिचानको बिषय भएको चर्चा गर्दै धर्मको आधारमा राज्य सत्ता सन्चालन नहुने र हिन्दु धर्मलाई मात्र बिशेष सेवा, सुबिधा केही पनि नहुने स्पष्ट पारे ।

सर्बधर्म समभाब र धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र राप्रपा नेपालले चाहेको उनको कथन थियो । बर्तौलाले अहिलेको सत्ता समीकरणको प्रमुख काम जसले सक्यो उसले बढी कमाउने प्रतिस्पर्धा भएको आरोप लगाए । मुलुक भ्रष्टाचारि, माफिया र बिचौलियाको हातमा पुगेको भन्दै उनिहरु सत्ता संचालकहरुको वरिपरि बसेर रजगज गरिरहेको समेत उनको टिप्पणी थियो । कसैलाई गाली गरेर राप्रपा नेपाल बलियो नहुने भन्दै उनले संगठन केन्द्रित हुन सबैमा आग्रह गरे । कार्यक्रममा जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटा , क्षेत्रीय अध्यक्षहरु दामोदर वाग्ले, बद्री कुँवर , युबक संगठनका अध्यक्ष भृगु कार्की, जगत घले, विद्यार्थी नेता सन्जिब चौलागाईं लगायतले बोलेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*