हेटौडा । कोरोना महामारीका कारण केही समयअघि मात्रै निर्माण टिमले अनिश्चितकालका लागि पोष्टपोण्ड गरिएको ‘प्रेमगीत–३’को पोस्टर सार्वजनिक गर्दै आगामी असोज ७ गतेबाट दर्शकमाझ रिलिज गरिने जानकारी गराएको हो ।
दशैंको समयमा प्रदर्शन हुन लागेको ‘प्रेमगीत–३’ले ५० वर्षे नेपाली सिनेमाको इतिहासमा नै अन्तर्राष्ट्रिय बजारमा पहिलो पटक ढोका खोल्ने धेरैको अनुमान छ । नँया प्रदर्शन मिति घोषणासँगै दर्शकहरु निकै उत्साहित छन् । सिनेमामा अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् । सिनेमामा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतमलगायत कलाकारको अभिनय रहेको छ ।यसअघि सिनेमाका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत–२’ बक्स अफिसमा सफल भइसकेका छन् । सिनेमाको तेस्रो भाग भने अघिल्ला प्रोजेक्ट भन्दा धेरै अपेक्षा गरिएको छ ।
सेयर गर्नुहोस्