हेटौँडा । हेटौँडा क्याम्पसमा परिक्षा दिन आएका दुई जना छात्रा माथि दूरब्यवहार भएपछि आज बिहानैबाट तनाव ग्रस्त सृजना भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको हेटौँडा क्याम्पसमा स्नातक तह दोश्रो वर्षको परिक्षा दिन पुगेका दुई जना छात्रामाथि ‘चिट’ लुकाएको भन्दै क्याम्पसका कर्मचारीले भित्रि बस्त्र समेत खोल्न लगाएपछि लफडा भएको हो । परिक्षा दिनको लागि मकवानपुर बहुमुखी क्याम्पसबाट हेटौँडा क्याम्पस पुगेका पीडित विद्यार्थीले आफु महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको बताएका छन् ।विद्यार्थीमाथि भएको दुब्र्यब्यहार भएको घटनालाई मकवानपुरमा क्रियाशिल विद्यार्थी संगठनहरुले आक्रोश ब्यक्त गरेका छन् ।
विद्यार्थीमाथि भएको अनैतिक क्रियाकलाप गर्नेलाई कडा कारबाही गर्न उनिहरुले माग गरेका छन् । घटनापछि बिहानैबाट प्रर्दशन भएपछि हेटौँडा क्याम्पसले सर्वपक्षिय बैठक राखेको छ । बैठकले दोषिको पहिचान गरि कडा कारबाही गर्ने निर्णय गरेको हेटौँडा क्याम्पसका साहायक क्याम्पस प्रमुख देविराम लामाले बताए । उनले भने ‘हामीले घटनालाई महत्वको साथमा लिएर हेरेका छौँ, विद्यार्थीमाथि अनैतिक क्रियाकलाप गर्ने कर्मचारीको पहिचान गरि कडा कारबाही गर्छौ ।