हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम शर्मालाई अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी सो पदमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीका अनुसार नवनियुक्त अर्थमन्त्री शर्माको शपथ ग्रहण आइतबार साँझ ५ः३० बजे शीतल निवासमा हुनेछ । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए ।
सोही प्रयोजनका लागि संसदीय छानबिन समिति गठन भएको थियो । समितिको प्रतिवेदनले शर्मालाई निर्दोष सावित गरेपछि पुनः अर्थमन्त्री नियुक्त हुन लागेका हुन् । यसअघि उनले साउन २२ गते संसदीय छानबिन समिति गठन भए लगत्तै प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका थिए ।