हेटौडा। वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएको छ । गएराति वर्षासँगै आएको पहिरोका कारण सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्वर–३ रामचन्द्र भञ्ज्याङमा मंगलबार राति आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, पहिरोका कारण हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दुरीको मार्ग भएर संचालन हुने सवारीसाधन रातिदेखि नै बैकल्पिक सडक प्रयोग गरेर संचालन भइरहेको छ । उक्त सडकमा आज अपराह्न सम्ममा पहिरो हटाएर यातायात संचालनमा ल्याउने तयारी भइरहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।
सेयर गर्नुहोस्