बस्तिपुर जेसिज हाडिखोला “जेसिज अफ द मन्थ” बाट सम्मानित:

हेटौंडा टुडे
१८ श्रावण २०७९, बुधबार २२:५४

हेटौडा । बस्तिपुर जेसिज हाडिखोला-२०२२ ले आफ्नो शाखाको ईतिहासमा नै पहिलोपल्ट क्षेत्र “ख” अन्तर्गत रहेको ३९ वटा शाखाहरू मध्येबाट नेपाल जेसिजबाट प्रदान गरिने “जेसिज अफ दि मन्थ”(जुलाई) बाट सम्मान प्राप्त गरेको छ।
जेसिजको क्षेत्र क, ख, ग,घ गरी चार क्षेत्र रहेको र हरेक क्षेत्रको बिभिन्न शाखाहरुबाट महिनाभरी भएको कार्यको मूल्यांकन गर्दै क्षेत्रगत रुपमा अवार्ड प्रदान गरिने र बस्तिपुर जेसिजले क्षेत्र “ख” अन्तर्गत रहेर जुलाई महिनामा बिभिन्न पाँच वटा उत्कृष्ट कार्य गरेकोले अवार्डमा छनोट भई उक्त अवार्ड प्राप्त गरेको नेपाल जेसिज-२०२२का निरूपित कार्यकारीणी उपाध्यक्ष जेसी सुनील तिमल्सिना ज्युले बताउनुभयो।
उक्त अवार्ड प्राप्त गर्दा खुशी हुदै अध्यक्ष जेसी तेज प्रसाद उप्रेती(रमेश)ज्युले नेपाल जेसिजका अध्यक्ष ज्यु लगाएत पदाधिकारीज्युहरु,बस्तिपुर जेसिजका संस्थापक अध्यक्ष ज्यु, निबर्तमान अध्यक्ष ज्यु,पूर्ब अध्यक्ष ज्युहरु,बर्ष २०२२ का बोर्ड र अध्यक्ष सल्लाहकार ज्युहरु, बोर्डका साथीहरू,छिमेकी शाखाका अध्यक्ष ज्यु लगाएत पदाधिकारीज्युहरु,सहयोग तथा कार्यक्रम संयोजन गर्नुहुने बिभिन्न संघसस्थाहरु, सम्पुर्ण जेसिज तथा शुभेक्छुक मित्रहरू लगाएत कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भुमिका खेल्नुहुने सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image