थाहा नगरपालिकामा शव फेला

हेटौंडा टुडे
२ भाद्र २०७९, बिहीबार १०:२९

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा एक शव फेला परेको छ । ३ नंबर वडाको गुफाडाँडामा बुधबार साँझ एक जनाको रुखमा झुण्डिएको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

शव स्थानीय ५८ वर्षीय राम गोपालीको रहेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि हेटौंडा पठाईएको र घटनाबारे आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image