देश माओवादीको एजेण्डामा चलेको छ : बिडारी

हेटौंडा टुडे
७ भाद्र २०७९, मंगलवार २१:५३

हेटौंडा ।  नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामनारायण बिडारीले देश माओवादीको एजेण्डामा चलेको बताउनुभएको छ ।नेकपा माओवादी केन्द्र ईन्द्रसरोवर गाउँपालिकाको बिस्तारित बैठकलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य आगामी निर्वाचनमा जनताले माओवादी केन्द्रलाई देशको पहिलो कम्युनिस्ट पार्टी बनाउने दावी गर्नुभयो ।

नेकपा माओवादी केन्द्र ईन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष विर्जु पदम लामाको अध्यक्षतामा सम्पन्न बैठकमा माओवादी केन्द्रका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे, बागमति प्रदेश सदस्य तथा ईन्द्रसरोवर इन्चार्ज ईन्द्र बहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुर सदस्य जयराम रायमाझी, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य ध्रुवराज ढकाल लगायतको आतिथ्यता रहेको थियो ।  माओबादी केन्द्र इन्द्रसरोबर गाउँपालिका सचिब सानुकान्छा वाइवाले संचालन गरेको बैठकले आगामी १२ गते पालिकाको सबै वडाको बैठक बस्ने, पार्टीको गतिबिधिलाई बढाउने निर्णय गरेको इन्चार्ज इन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image