हेटौंडामा डेंगीका बिरामिको चाप बढ्यो

हेटौंडा टुडे
१७ भाद्र २०७९, शुक्रबार ११:०८

हेटौंडा । मकवानपुरमा डेंगी संक्रमण हवातै बढ्यो छ । लामखुट्टेको टोकाईबाट हुने यो रोग हालसम्म साउन यता ५ सय ५८ जनामा डेंगी संक्रमण पुष्टि भईसकेको छ ।
साउनको तेस्रो साता सम्म २८ जनामा देखिएको डेंगी १६ भदौ सम्म आइपुग्दा संक्रमितको संख्या ५ सय ५८ जना पुगेको हो । गएको आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा १९५ जनामा मात्र संक्रमण देखिएको थियो ।

तर चालु आर्थिक वर्षको दुई महिनामै उक्त संख्या झण्डै तेब्बरले बढेको छ अर्थात ५ सय ५८ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हाल सम्म निल्लामा डेंगीको कारण भने कसैको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरल जनाएको छ । डेंगीको कारण कसैको पनि ज्यान नगएको भए पनि जिल्लाका अस्पताल र मेडिकलहरुमा भने डेंगी बिरामीको चाप बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*