भोलि सार्वजनिक विदा

हेटौंडा टुडे
२१ भाद्र २०७९, मंगलवार १२:३६

हेटौंडा। वागमती प्रदेश सरकारले भोलि भदौं २२ गते बुधबार तिन जिल्लामा सार्वजनिक बिदा दिएको छ। वागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागीको अवसरमा भदौ २२ गते प्रदेशको मकवानपुर,चितवन र धादिङ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

वागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार एक सुचना प्रकाशित गर्दै उक्त कुराको जनकारी गराएको हो । सरकारको गत चैत्र ९ गतेको निर्णय अनुसार न्वागीको अवसरमा विदा दिइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस अघि उक्त पर्वको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले सार्वजनिक बिदा दिदै आएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*