हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध नावालिकालाई बलात्कारको गरेको जाहेरी परेको छ।उनी विरुद्ध प्रहरी वृत्त गौशाला काठमाडौंमा बलात्कारको गरेको जाहेरी परेको हो। उनले गौशाला नजिक एक होटलमा १७ वर्षीया नाबालिकलाई बलात्कार गरेको भन्दै उजुरी परेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
उजुरी दिने उनको फ्यान हरेको र सन्दीपले क्यारेबियन लिग खेल्न जानुअघि भदौ ५ गते होटलमा लगेर युवतीलाई दुई पटक बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको जनाइएको छ। प्रहरीले मंगलबार नै उक्त युवतीको स्वास्थ्य परीक्षण गरेर अनुसन्धान थालिसकेकोजनाएको छ।लामिछाने भने देश बाहिर रहेका छन्।
सेयर गर्नुहोस्