सडक विस्तारबारे प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र

हेटौंडा टुडे
२८ भाद्र २०७९, मंगलवार १६:१२

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडा बजार क्षेत्रका सडक विस्तारको विषयको ज्ञापन पत्र बुझाएको छ । मंगलबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हेटौंडा बजारभित्रको सडक १६ मिटर दायाँबायाँ विस्तार गर्न आवश्यक छलफल र कार्यान्वयन गर्न ज्ञापन पत्र बुझाइएको हो ।संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल सहितको टोलीले मुख्यमन्त्री पाण्डेलाई र पाण्डे मार्फत प्रधानमन्त्रीलाई समेत उक्त पत्र पठाइएको छ ।

पत्रमा शहरको बीच भागबाट राष्ट्रिय राजमार्ग निर्माण नगरी बैकल्पिक मार्ग निर्माण गरी उक्त मार्गलाई राष्ट्रिय राजमार्ग बनाउने, रातोमाटेदेखी चौकीटोलसम्म र बुद्धचोकदेखी राप्तीपुलसम्मको हाल भइरहेको सडकलाई नेपाल सरकारले शहरी मार्ग कायम गर्ने, माथी उल्लेख भएका माग निर्णय भएमा हामी घरजग्गा धनीहरुले आफ्नै खर्चमा सेडव्याक सहित सडकको मध्यभाग बाट १६ मिटरले हुने स्थानसम्म घरटहरी भत्काई क्षतिपूर्ति समेत नलिने र सरकारलाई सहयोग र साथ दिने प्रतिवद्धता जनाइएको छ ।

पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले सडक १६(१६ मिटर विस्तार गर्ने र आफुले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन् । वाइपासबाट सडक निर्माणमा प्रदेश सरकारले पनि साथ दिने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*