मकवानपुरमा एकैदिन १२४ जनामा डेंगु संक्रमण सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा

हेटौंडा टुडे
२९ भाद्र २०७९, बुधबार १९:३७

हेटौंडा । मकवानपुरमा डेगुंका विरामी बढेका छन् । जिल्लामा आज एकैदिन १ सय २४ जना डेगुंका विरामी फेला परेको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । पछिल्लो २४ घण्टामा डेगुं सङ्क्रमण हुने सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका १ सय १४ जना रहेका छन् । त्यस्तै थाहा नगरपालिकाका ५, मनहरी गाउँपालिकाका ३, मकवानपुरगढी र भिमफेदी गाउँपालिकाका १र१ जनामा संक्रमण देखिएको घिमिरेले बताए ।

घिमिरेका अुनसार जिल्लामा हालसम्म १ हजार ३ सय ३१ जना डेगुंका बिरामी भेटिएको छन् । जसमा पुरुष ७ सय ७४ र महिला ५ सय ५७ जना रहेको उनले जानकारी दिए । जिल्लामा हालसम्म डेगुंका कारण एक जनाको ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*