डेंगु नियन्त्रण गर्न हेटाैंडामा स्प्रे अभियान

हेटौंडा टुडे
३१ भाद्र २०७९, शुक्रबार ०८:५२

हेटाैंडा ।  लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगका बिरामि बढ्दै गएपछि हेटांैडामा बजार क्षेत्रमा स्प्रे अभियान थालिएको छ । डेंगुको संक्रमण दर बढ्दै गएपछि हेटौंडा उपमहानगरपालिकाले १, २, ३, ४, ५, १८ र १९ नम्बर वडामा डेंगु नियन्त्रणका लागि नियमितरुपमा स्प्रे गर्दै आएको हो । रोगको दर बढ्दै गएपछि नगर प्रहरीको सहयोगमा स्प्रे अभियानलाई एक महिनादेखि निरन्तर सञ्चालन गरीरहेको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । मकवानपुरमा डेंगु संक्रमणको संख्या क्रमशः बृद्धि भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*