बागमती प्रदेशमा डेंगुका कारण ११ जनाको मृत्यु

हेटौंडा टुडे
५ आश्विन २०७९, बुधबार १०:३०

हेटौडा । बागमती प्रदेशमा डेंगु संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । उक्त संक्रमणका कारण मकवानपुरसहित ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, डेंगु संक्रमणका कारण काठमाडौंमा ४ जना, ललितपुरमा २ जना, सिन्धुपाल्चोकमा २ जना, मकवानपुरका १ जना, सिन्धुलीमा १ जना र धादिङमा १ जना गरी ११ जनाको मृत्यु भएको हो ।प्रदेशकामा मंगलबार अपराह्नसम्ममा १३ हजार ३७५ जना डेंगु संक्रमणका बिरामी फेला परेका छन् । जसमध्ये सबैभन्दा धेरै ललितपुर जिल्लामा रहेका छन् । त्यहाँ ४ हजार ८७८ जना डेंगुका बिरामी फेला परेका छन् ।

यसैगरी, काठमाडौंमा ४ हजार ६७४, मकवानपुरमा १ हजार ८१०, भक्तपुरमा ७१३, चितवनमा ४२९ र धादिङमा ३९९ जना डेंगु संक्रमणको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयका प्रमुख श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*