भीमफेदीमा बस दुर्घटना, ६ जनाको मृत्यु

हेटौंडा टुडे
६ आश्विन २०७९, बिहीबार १५:४३

हेटौंडा ।  भीमफेदीको जुरीखेतमा यात्रु बहाक बस दुर्घटना भएको छ । बिहीबार आज दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस जुरीखेतमा दुर्घटना हुँदा बसमा सवार ६ जनाको घटना स्थलमै मृत्यु भएको मकवानपुर प्रहरिले जनाएको छ । दुर्घटनामा गम्भीर घाईतेहरुलाई उपचारको लागि काठमाडौं र हेटौडा तर्फ पठाईएको प्रहरिले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने बारे खुलेको छैन् । घटनाबारे थप जानकारि आउन आउन बाकि छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image