हेटौडा। मकवानपुरमा डेंगु संक्रमित बिरामीको संख्या २१ सय नाघेको छ । जिल्लामा बिहीबार १३१ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २१ सय नाघेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यलयका अनुसार, जिल्लामा बिहीबारसम्म डेंगु संक्रमण हुनेको संख्या २ हजार १०८ जना पुगेको छ । जसमध्ये पुरुष १ हजार १०८ जना र महिला ९०५ जना रहेका छन् । डेंगु संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेको छ । त्यहाँ हालसम्म १ हजार ९३२ जनामा संक्रमण पुष्टि भएको हो ।यसैगरी, थाहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाका ३७र३७ जना, बागमती गाउँपालिकाका ३ जना, कैलाश गाउँपालिकाका एक जना, मनहरी गाउँपालिकाका ६७ जना, भीमफेदी गाउँपालिकाका १४ जना, बकैया गाउँपालिकाका १२ जना, राक्सिराङ गाउँपलिकाका १ र ठेगना नखुलेका ४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने हालसम्म कुनै पनि व्यक्तिमा डेंगु संक्रमण पुष्टि भएको छैन । उक्त संक्रमणका कारण जिल्लामा हालसम्म एक जनाको मृत्यु भएको छ ।