मकवानपुरगढीमा भोलिदेखि फुटसल प्रतियोगिता हुने

हेटौंडा टुडे
११ आश्विन २०७९, मंगलवार १३:०६

हेटौडा। पाँचौ संस्करणको मकवानपुरगढी गाउँपालिका रनिङ्ग शिल्ड फुटसल प्रतियोगीता बुधबारबाट सुरु हुने भएको छ । सोमबार आयोजक गढी स्टार स्पोर्टस् क्लबले पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएका हुन् ।

प्रतियोगिताको संयोजक तथा क्लबका सचिव विदुर हुँमागाईले फुटसल खेल र खेलाडीको क्षमता विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनले प्रतियोगिताको सम्पुर्ण तयारी पनि अन्तिम चरणमा पुगेको बताए ।प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उपबिजेता टिमले ५० हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट बन्ने खेलाडी, विधागततर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई प्रमाणपत्र र मेडल प्रदान गरिने जनाइएको छ । मकवापनुरगढी गाउँपालिका वडा नं।३ स्थित भानु मिनी पिचमा हुने प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका १८ वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image