हेटौंडा । मंसिरमा ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि आजबाट निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ ।
आयोगले मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू गरेको हो । गएको आइतबार आयोगले प्रमुख राजीतिक दलका नेताहरूसँग निर्वाचन आचारसंहिता कार्यान्वयनमा लैजानेबारे छलफल गरेको थियो । निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ ।
आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताएका छन् ।
सेयर गर्नुहोस्