मकवानपुरमा थप ७३ जनामा डेंगु संक्रमित पुष्टि

हेटौंडा टुडे
१२ आश्विन २०७९, बुधबार १७:५८

हेटौडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, मकवानपुरगढी गाउँपालिकाका ७ जना र मनहरी गाउँपालिकाका २३ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।ससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या २ हजार ७६४ जना पुगेको छ । जसमध्ये १ हजार ५५१ जना पुरुष र १ हजार २१३ जना महिला रहेका छन् ।

जिल्ला उक्त संक्रमणका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*