हेटौंडा । नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिबाट शुक्रबार सुझाव सहित पारित समेत गरेको छ । काँग्रेसले तयार पारेको घोषणापत्रमा आर्थिक सुशासनको विषयलाई विशेष प्राथमिकता दिएको घोषणापत्र मस्यौदा उपसमितिका संयोजक डा। स्वर्णिम वाग्लेले सजानकारी दिए । उनले घोषणापत्रको मुख्य सारमा आर्थिक सुशासनलाई प्राथमिकता दिएको बताएका हुन् ।
त्यसैगरी घोषणापत्रमा युवा, रोजगारी र उद्यमशिलताको विषयलाई पनि प्राथमिकतामा राखिउको वाग्लेको भनाई छ । डा। वाग्लेले जलवायु परिवर्तनको विषयलाई पनि जोडदार रुपमा उल्लेख गरिएको बताएका छन् ।
तीन खण्डमा रहेको घोषणापत्रमा पहिलो खण्डमा राजनीतिक विषय, दोस्रो खण्डमा विकासको रोडम्याप र तेस्रो खण्डमा क्षेत्रगत प्राथमिकताको विषय उल्लेख गरिएको छ । डा। वाग्लेले गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले जारी गरेको घोषणापत्रकै निरन्तरताको रुपमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि घोषणापत्र आउने उल्लेख गरे । घोषणापत्रमा लोकतान्त्रिक प्रणालीभित्र समुन्नत नेपालको मार्गचित्र के कस्तो हुनसक्छ भनेर सैद्धान्तिक आधार प्रश्तुत गरिने, लोकतान्त्रिक व्यवस्थाको शुद्धीकरण र सुशासनको एजेण्डा, फराकिलो आर्थिक सामथ्र्य, समन्यायिक समाज र नेपालको सांस्कृतिक सह–अस्तित्व, शिक्षा, स्वास्थ्य, पोषण, सामाजिक सुरक्षाको विषय उल्लेख गरिएको बताए ।
त्यस्तै जलवायु परिवर्तन, वन, वातावरण, विपद् व्यवस्थापन, सार्वभौमिक समानता र सशक्त अन्तर्राष्ट्रिय भुमिकाको बारेमा घोषणापत्रमा विषयवस्तु समेटिको डा। वाग्लेको भनाई भनाइ छ । त्यसैगरी घोषणापत्रमा तात्कालिक आर्थिक एजेण्डा पनि प्रश्तुत गरिने छ । जसमा कर्जाको स्थिति, मुद्रास्फिति, सार्वजनिक आय र खर्च, कृषि र औद्योगिक पूर्वाधार, रोजगारी, सीप, शिक्षा, स्वच्छ ऊर्जाका कुरा र नयाँ सम्भावनाका क्षेत्रहरुका बारेमा समेटिने डा। वाग्लेले बताए ।
घोषणापत्र बनाउनका लागि महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा ४१ सदस्यीय समिति बनेको छ । यस्तै अर्थविद् स्वर्णिम वाग्लेको संयोजकत्वमा डा। गोविन्दराज पोखरेल, गेजा शर्मा वाग्ले, डा। कृष्ण पौडेल, प्रताप पौडेललगायत ६ सदस्यीय प्रारम्भिक मस्यौदा उपसमिति गठन गरिएको छ ।