हेटौडा। मकवानपुरमा पछिल्लो २४ घण्टामा १३२ जनामा डेंगु संक्रमितका बिरामी फेला परेका छन् । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपनगरपालिकाका रहेका छन् । त्यहाँ १२० जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी, बागमती गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाका एक÷एक जना, मनहरी गाउँपालिकाका दुई जना, बकैया गाउँपालिकाका तीन जना । हाल ठेगाना नखुलेका ५ जनालाई डेंगु संक्रमण पुष्टि भएको हो ।यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ४ हजार २६३ जना पुगेको छ । जसमध्ये २ हजार ३७७ जना पुरुष र १ हजार ८८६ जना महिला रहेका छन् । जिल्लामा उक्त संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।
सेयर गर्नुहोस्