
हेेेटौंडा । मकवानपुरगढी गाउँपालिकामा “तिहार महोत्सव भेट्रान्स् कप नक आउट फुटसल प्रतियोगिता २०७९” हुने भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा रहेको प्रतिभा युवा क्लबको आयोजना र मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा यहि कार्तिक ६ र ७ गते प्रतियोगिता हुन लागेको हो । आयोजक प्रतिभा युवा क्लबले बुधबार पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जनकारी गराएको हो । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिका भित्रका टिमले सहभागिता जनाउन सक्ने छन । प्रतियोगितामा सहभागिता जनाउने टिमले यहि कार्तिक ५ गते भित्र टिम दर्ता गरी सक्नु पर्ने छ । प्रतियोगितामा प्रथम हुने टिमले ३० किलो को खसी ट्रफि, मेडल र प्रमाणपत्र,दोस्रो हुने टिमले २० किलो को बोका ,ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतिय हुने टिमले १० हजार बराबरको कुखुराको भाले, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक प्रतिभा युवा क्लबका अध्यक्ष हेमबहादुर योन्जनले जानकारी दिनु भएको छ । खेल मकवानपुरगढी ३ स्थीत भानु मिनि पिचमा हुने छ ।

