धर्मको नाममा राजनीति गर्नेहरुको दिन सकियोः नेता बानियाँ

हेटौंडा टुडे
१४ कार्तिक २०७९, सोमबार १६:५१

हेटौँडा । मनहरी, १४ कात्तिक/नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नं. २ ख का उम्मेदवार ईन्द्रबहादुर बानियाँले धर्मको नाममा राजनीति गर्नेहरुको अब दिन सकिएको बताउनुभएको छ ।

इमानुयल रिभाईभ्ड चर्चको आयोजनामा मनहरी प्याङ्चे पास्टर अगुवा भेला तथा चियापान कार्यक्रममा नेता बानियाँले मनहरी, राक्कीराङ र कैलाशका चेपाङ, प्रजा र तामाङ समुदायका जनताको समृद्धिको दिन आएको बताउनुभएको छ ।

केपी ओली नेतृत्वको एमाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्ष विरोधी भएको बताउँदै राजतन्त्र बोक्ने लिङदेल, देश टुक्र्याउन खोज्ने सिके राउत र जनआन्दोलनमा मान्छे मार्ने मण्डले कमल थापासंग मिलेर ओली नेतृत्वको एमालेले लठबन्धन गरेको बताउनुभयो ।

इमानुयल रिभाईभ्ड चर्चका पाष्टर कुमार प्रजाको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर प्रजा, कांग्रेस मकवानपुर क्षेत्र नं. २ का संघीय सभापति लोकबहादुर मुक्तान, कांग्रेस मकवानपुर क्षेत्र नं. २ ख का सभापति रञ्जन कालाखेती, माओवादी केन्द्र बागमती प्रदेश सदस्य बनस्तम थिङ्ग, चर्चका सदस्य विष्णुराम प्रजा, समाजवादीका कृष्णबहादुर चेपाङलगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियोे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*