सेमिफाइनल पुग्ने श्रीलंकाको सम्भावना कायमै

हेटौंडा टुडे
१५ कार्तिक २०७९, मंगलवार १३:३९

हेटौडा-श्रीलंकाले ट्वान्टी-२० विश्वकप सुपर–१२ को ग्रुप–१ मंगलबार अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको छ ।

यससँगै श्रीलंकाले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ।श्रीलंकाको ४ खेलबाट ४ अंक भएको छ र तत्कालका लागि तेस्रो स्थानमा उक्लेको छ । हारले अफगानिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आफ्नो अन्तिम खेलमा श्रीलंकाले इंग्ल्यान्डको सामना गर्ने छ । अफगानिस्तानको अन्तिम खेल भने अस्ट्रेलियाविरुद्ध रहेको छ । जितका लागि १ सय ४५ रनको लक्ष्य पाएको श्रीलंकाले १८.३ ओभरमा ४ विकेट गुमाएर १ सय ४८ रन विजयी रन बटुल्यो ।

उसका लागि धनञ्जय डि सिल्भाले निर्णायक तथा नटआउट इनिङ्स खेले र ६६ रन बनाए । उनले ४२ बलको सामना गरेर ६ चौका र २ छक्का प्रहार गरे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image