चूनाबका लागी उपहारस्वरूप भारतबाट दुई सय वटा गाडी

हेटौंडा टुडे
१५ कार्तिक २०७९, मंगलवार १४:२८

हेटौडा । भारतले नेपाललाई मङ्सिर ४ गते हुने चुनावमा प्रयोग गर्न दुई सय वटा गाडी उपहारस्वरूप प्रदान गरेको छ । आज मङ्गलवार अर्थ मन्त्रालयमा भएको कार्यक्रममा नेपाल सरकारलाई भारत सरकारले उपहारस्वरूप दुई सय वटा गाडी प्रदान गरेको हो । अर्थ मन्त्री जनार्दन शर्माले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट उपहारस्वरूप गाडी ग्रहण गर्नुभयो ।

गाडी हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले चुनावमा प्रयोग गर्ने गरी भारत सरकारले नेपाल सरकारलाई सहयोगस्वरूप दुई सय वटा गाडी दिएको बताउनुभयो । उपहार दिएका गाडीमध्ये एक सयय २० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगको प्रयोगका लागि दिएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*