आजदेखि राजनीतिक दल र उम्मेदवारले जुलुस,आमसभा गर्न पाउने

हेटौंडा टुडे
१७ कार्तिक २०७९, बिहीबार १०:२९

हेटौंडा । आज बिहीवारदेखि राजनीतिक दल र उम्मेदवारले जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् । आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार दलहरुले आजदेखी मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका हुन् ।आज बिहीबारबाट दलहरु चुनाव प्रचारप्रसारको दोस्रो चरणमा प्रवेश गरेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह गरेका छन् ।

हिजो बुधवार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले आचारसंहिता नैतिक र कानुनी बन्धन भएकोले यसलाई सबैले पालना गर्नुपर्ने बताएका हुन् । अहिलेसम्म ७१ व्यक्ति र संस्थालाई सोधिएको स्पष्टीकरणमा जवाफ आउने, तथ्य जुटाउने र अध्ययनको काम भइरहेको र कात्तिक २५ गतेभित्र निर्णयमा पुग्ने उनले बताए ।यस्तै प्रमुख आयुक्त थपलियाले मङ्सिर ४ गते हुने चुनावका उम्मेदवारले मङ्सिर १९ गतेभित्र खर्च विवरण पेस गरिसक्नुपर्ने भन्दै त्यसको लेखा परीक्षणसमेत गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*