हेटौंडाको टोल टोलमा ‘आनन्दराम’

हेटौंडा टुडे
१७ कार्तिक २०७९, बिहीबार २०:४४

हेटौडा । मकवानपुर क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्यका लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार यती बेला मतदातको घर घर ,टोल टोल पुगेर मतदाताहरुसँग छलफल र अन्तरक्रियामा व्यस्त रहेका छन्। मंसिर ४ मा हुने प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर-१ (ख) का साझा उम्मेदवार आनन्दराम पराजुली मतदाताहरुको समस्या बुझन मतदाताको घर घर र टोल टोलमा व्यस्त रहेका हुन्। पराजुली दैनिक जसो मकवानपुर क्षेत्र-१ (ख) निर्वाचन क्षेत्रमा पर्ने हेटौंडा उपमहानगरको वडा नम्बर २,४,५,६,७,८,९,१०,१२ १३१४,१५ का मतदानको घरघर पुग्ने गरेका हुन्। यसै क्रममा पराजुली बिहिबार पनि हेटौंडा वडा नम्बर ९ र १५ का विभिन्न टोल पुगेर आफ्नो प्रतिवद्धता सहित मतदानसँग आफ्नो योजना सुनाउन व्यस्त देखिए। उनले मतदाताहरुसँग छलफलका क्रममा पराजुलीले बाम लोकतान्त्रिक नेतृत्व गठबन्धनलाई जिताउने आधारलाई प्रष्ट परेका छन्। उनले आफु जनता र मतदाताको नजिक रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। पराजुलीले अरुको आलोचना गर्नु भन्दा पनि अरूले गरेको नकारात्मक कुरालाई सकारात्मक बनाउने र जनतासँगको प्रतिवद्धता पुरा गर्नु नै आफ्नो मुख्य एजेन्डा भएको सुनाए। पराजुलीले प्रत्येक दिन तालिकानै बनाएर मतदाताहरुसँग छलफल र परामर्श गर्ने गरेको निजको सचिवालयले जनाएको छ। पराजुली प्रदेशसभा सदस्य पदका लागी नेपाली कांग्रेसबाट सिफारिस रही प्रदेशसभा १ (ख) का सत्तारुढ गठबन्धन नेतृत्व दलका साझा उम्मेदवार हुन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*