जसले सहकारीबाट महिला सशक्तीकरणको अभियान चलाइन्

हेटौंडा टुडे
२० कार्तिक २०७९, आईतवार १७:०७

हेटौंडा÷महालक्ष्मी उपाध्याय ‘डिना’ मकवानपुरको लागि मात्रै नभई नेपालकै राजनीतिमा स्थापित नाम हो । विद्यार्थी र तरुणको क्षेत्रमा महत्वपुर्ण नेतृत्वदायी भुमिका खेलेकी उनले नेपालको संविधान निर्माणमा पनि उतिकै योगदान दिएकी छन् ।

लामो समयपछि २०७२ मा जारि भएको नेपालको संविधानमा महिला,आदिवासी,जनजाती तथा दलितको हक अधिकार सुनिश्चित गर्न उनले महत्वपुर्ण भुमिका निर्वाह गरेकि छन् । २०३९ सालबाट राजनीति सुरु गरेकी डिना मकवानपुरमा महिलाहरुको सशक्तीकरणको अभियान सञ्चालन गरेकी अभियान्ता हुन् ।

उनले मकवानपुरमा पहिलो पटक निरक्षर महिलाहरुलाई साक्षर बनाउन प्रोढ शिक्षाको मात्रै सुरुवात गरिनन्,महिलालाई आर्थिक रुपमा शसक्त गर्ने अभियान पनि चलाइन् । डिनाले मकवानपुरको महिलाहरुलाई आर्थिक र सामाजिक रुपमा शसक्त बनाउन विभिन्न तालिमहरु सञ्चालन गरेर महिलालाई व्यवसायसँग जोड्ने तथा सहकारीमार्फत उनीहरुलाई आर्थिक रुपमा सवल बनाउने अभियान पनि चलाइन् ।

उनले २०५५ सालमा मकवानपुरमा दिव्यतारा बहुद्वश्यीय सहकारी स्थापना गरिन् । उक्त सहकारीको सस्ंथापक अध्यक्ष डिनाले सहकारीमार्फत महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउनको लागि गाउँ–गाउँमा पुगिन् । जिल्लाको विभिन्न विकट गाउँमा पुगेर उनले महिलाहरुलाई सहकारीमा जोड्दै उनीहरुलाई आत्मनिर्भर बनाउने अभियान सुरु गरिन् ।

हाल उनी उक्त सहकारीको संरक्षक छिन् । डिनाले महिला शसक्तीकरणको लागि खोलेको सहकारीले हाल रेडियो, सुपथ सहकारी पसल र शुद्ध तोरीको तेल उद्योग चलाएइरहेको छ । त्यस्तैगरि कृषि स्रोत केन्द्र सावुन र गोलभेडा प्रसोधन उद्योग सन्चालनको तयारी पनि गरिरहेको छ । ११ हजार पाँच्सय ७९ शेयर सदस्य रहेको उक्त सहकारीले महिलासँगै युवा स्वरोजगार र किसानहरुले उत्पादन गरेको कुरालाई पनि प्राथमिकतामा राखेर विभिन्न कार्य गर्दै आएको छ ।

मकवानपुरबाट सुरु भएको उक्त सहकारी चितवन र ललितपुरमा पनि शाखा विस्तार गर्न सफल भएको छ । सहकारीको ११ वटा शाखा र मुख्य कार्यालय सहित १२ वटाबाट बित्तीय कारोबार रहेको छ । सहकारीबाट करिव तीनहजार जना स्वरोजगार बनेका छन् । प्रदेश सरकारबाट सहकारी पदक प्राप्त गरेको दिव्यतारा सहकारीले जनताको जीवनस्तर उकास्ने काम गर्दै आएको छ ।

बार्षिक कारोबार २० अर्ब रहेको सहकारीले राष्ट्रिय सहकारी बैंकबाट उच्च– कारोबार गरेबापत सम्मान र संघबाट सम्मान पाएको छ । डिनाले महिला शसक्तीकरणको लागि सुरुवात गरेको सहकारीले हाल मकवानपुरसँगै अन्य जिल्लामा पनि महिला र युवा स्वरोजगारसँगै कृषि उत्पादनलाई पनि जोड दिएर काम गरिरहेको छ ।

केहिदिन अघिमात्रै चुनावी अभियानअन्तर्गत हेटौंडा–१५ पुगेकी डिनालाई त्यहाँको महिलाहरुले सहकारीमर्फत आफूहरुलाई विगतमा तालिम दिएकोमा धन्यवाद् समेत दिएका थिए । डिनाले आत्मनिर्भर बन्नको लागि दिएको तालिम र सहकारीबाट प्राप्त व्यवसायिक आर्थिक सहयोगले आफूले आर्थिक उपार्जन गर्न सकेको भन्दै खुशी व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*