हेटौडा । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले मुलुकको भाग्य र भविष्यलाई सोचेर गठबन्धनलाई मतदान गर्न अनुरोध गरेकी छिन् । चुनावी अभियान अन्तर्गत आइतबार बकैया ११ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पटक पटक मन्त्री भएर पनि मकवानपुरको विकासमा कुनै योगदान नपु¥याएका, आन्दोलनमा दमन गरेका र चुनाव आएपछि अर्को पार्टीबाट टिकट लिएर आश्वासन मात्रै बाँड्न आउनेहरुलाई चिन्न जरुरी रहेको बताइन् । ‘अहिले यही क्षेत्रबाट उम्मेदवार भएकाहरु कति पटक मन्त्री भए रु यहाँको विकासमा के योगदान पु¥याए रु त्यो सम्झिएर मत हाल्नुहोला’, डिनाले भनिन्, ‘यो पटक गठबन्धनलाई जिताएर पठाउनुहोस् यस क्षेत्रको समस्या समाधान गर्ने जिम्मेवारी हाम्रो भयो ।’ नेकपा एमालेको झुटा आश्वासन र फोस्रो नारामा नअल्मलिन उनले मतदाताहरुलाई आग्रह गरे । डिनाले आफ्नो कार्यकालमा मकवानपुर क्षेत्र नम्बर १ लाई पूर्ण बिजुलीयुक्त बनाउने, हात्तीसुँढे–शिखरपुर–मन्थली सडक कालोपत्रे गर्ने र शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाइन् । प्रतिगमनकारी र व्यवस्था विरोधीहरु मिलेर घरघरमा झुटो आश्वासन र भ्रम बाँड्न आएको भन्दै उनले त्यस्तालाई परास्त गर्ने बेला आएको बताइन् ।
चुनाव चिन्ह किनेर आएकालाई भोट नदिऔं : छिन्तु
गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ का उम्मेदवार माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ले अर्काको पार्टीको चुनाव चिन्ह किनेर आएका व्यवस्था विरोधीहरुलाई परास्त गर्ने बेला आएको बताएका छन् । बकैया ११ मा भएको चुनावी सभामा उनले कमल थापालाई इङ्गित गर्दै उनले व्यवस्था र संविधान विरोधी तत्वलाई चिन्नुपर्ने र साइजिङ गर्नुपर्ने बेला आएको बताएका हुन् । यस क्षेत्रको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने उनको भनाई थियो । ‘हामीले यहाँको माटो, भूगोल र समस्या बुझेका छौं । हामी व्यवस्था परिवर्तनका लागि हातेमालो गरेको नेपाली कांग्रेस लगायतका दलसंग सहकार्य गरेर अब अवस्था परिवर्तनका लागि आएका छौं’, छिन्तुले भने, ‘गठबन्धन महिलामैत्री, आदिवासी जनजातीमैत्री रहेको छ । सबै खाले उम्मेदवार हामीसंग रहेको छ । तपाईंहरुले अब ठीक र बेठीक छुट्याउनुपर्ने समय आएको छ । चुनाव चिन्ह समेत अर्काको किनेर आएका व्यवस्था र संविधान विरोधीहरुलाई ठेगान लगाउने बेला आएको छ ।’ जनआन्दोलनका दमनकारीसंग विकासका कुनै एजेण्डा नै नरहेको भन्दै उनले व्यवस्थालाई परिवर्तनमा एक भएका गठबन्धनका उम्मेदवारलाई अब जनताको अवस्थालाई परिवर्तनका लागि मतदान गर्न अनुरोध गरे । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रित सदस्य विजय गौतम, नेकपा ९एस०का केन्द्रीय सदस्य घनप्रसाद गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए । बकैया ११ मा प्रचारप्रसार संयोजक तुलबहादुर थोेकर र बकैया १२ मा सञ्जय लामा डिमडुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।