हेटौंडाका ढुंगानाको विष सेवनबाट मृत्यु

हेटौंडा टुडे
२१ कार्तिक २०७९, सोमबार १०:२८

हेटौंडा -मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ भैरबडाँडा बस्ने २१ वर्षीय ईशक ढुंगानाको विष सेवनबाट मृत्यु भएको छ ।

गत कात्तिक १२ गते आफ्नै घरमा हाल नाम नखुलेको विषादी सेवन गरी बिरामी भएका ढुंगानाको हेटौंडा अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, ढुंगानाका हेटौंडा अस्पतालको आइसीयूमा उपचार भइरहेको थियो । उनको शव हाल पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image