हेटौडा-४ मंसिरमा हुने निर्वाचनमा मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् ।
कारागारका जेलर तिर्थराज पौडेलका अनुसार कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्थाको तयारी सुरु गरिएको छ ।
जेलर पोडेलले कारगारमा रहेका ९ सय ८९ जना कैदीबन्दी मध्ये मतदाता नामावलीमा नाम भएका ९८ जना कैदीबन्दीको मतदान गर्न पाउने भएको बताए ।
मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालय, हेटौडाले जनाएको छ ।
कार्यालयका अनुसार कैदीबन्दीले प्रतिनिधिसभाको समानुपतिकतर्फ मात्रै मताधिकार प्रयोग गर्न पाउने छन् ।
सेयर गर्नुहोस्