हेटौंडाका मतदाता भन्छन्, ‘यस पटकको भोट ‘आनन्द’ र ‘डिना’लाई

हेटौंडा टुडे
२१ कार्तिक २०७९, सोमबार १७:०६

हेटौडा-मंसिर ४ गते हुने निर्वाचनको माहौल विस्तारै तातिँदो छ । उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् ।

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा लोकतान्त्रिक–बाम गठबन्धनका साझा युवा उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ र आनन्दराम पराजुली पनि दैनिक घरदैलोमा व्यस्त रहेका छन् ।

उनी हरेक दिन बिहान देखी साँझ अबेरसम्म हेटौंडाका विभिन्न वडाका मतदानसंग रहन्छन् । सोमबार पनि उपाध्याय र पराजुलीले हेटौंडा ४ र ७ का विभिन्न टोलमा पुगेर मतदाताहरुसंग छलफल र परामर्श गर्दै मत मागेका छन् ।

मत माग्ने क्रममा दुवैजनाले यस पटकको आफ्नो एजेन्डा विपक्षीले अधुरो छोडेको कामलाई पूरा गर्ने र मतदातासंगको प्रतिवद्धतालाई कुराले भन्दा काम गरेर पूरा गर्ने भएको बताएका छन् ।

घरदैलोमा डिनाले महिला सवालका विशेष र मकवानपुरको समग्र विकासको क्षेत्रमा आफ्नो संकल्प रहेको बताएकी छिन् । त्यसैगरी उपाध्याय र पराजुली घरदैलोमा पुग्दा मतदाता उत्साही हँुदै दुवैजनालाई मत दिने बताएका थिए ।

हेटौंडा–७ की कृष्णदेवी बर्तौलाले खुलेरै धेरै पटक कम्युनिष्टलाई भोट दिएर जिताएको तर फर्केर नआएको गुनासो गर्दै यस पटक संघमा डिनालाई र प्रदेशमा आनन्दरामलाई मतदान गर्ने सुनाइन् ।

उनले घरदैलोका क्रममा डिना र पराजुलीलाई चुनाव जितेर नहराउन, निरन्तर जनताको घरदैलोमा आउन र जनताको सुखदुःखमा साथै रहन अनुरोध गरिन् । हेटौंडा–४ का ९८ बर्षीय एक ज्येष्ठ नागरिकले यस पटक डिना र आनन्दरामलाई जिताउन अनुरोध गरे । मतदाताको उत्साहको कदर गर्दै पराजुलीले बोलेको कुरा पूरा गर्न पछि नहट्ने भन्दै मतदातालाई ढुक्क हुन भने ।

डिना पद्मकन्या क्याम्पसकी स्ववियु सभापति हुदै संविधानसभा सदस्य समेत रहेर संविधान जारी गर्न उल्लेख्य भुमिका निर्वाह गरेकी थिइन् । अघिल्लो स्थानीय निर्वाचनमा हेटौंडाको मेयर पदमा झिनो मतले पराजित पराजुली त्यसयता निरन्तर जनताको सुखदुःमा साथै रहेका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*