राष्ट्र बैंकद्वारा आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक

हेटौंडा टुडे
२३ कार्तिक २०७९, बुधबार १३:३२

हेटौडा -नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गरेको छ । कात्र्तिक २२ गते मंगलबार राष्ट्र बैंकले ऋण निष्काशन तालिका सार्वजनिक गरेको हो ।

सो अनुसार राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्र दुई खर्ब ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसको लागि चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ३० अर्ब रुपैयाँ, तेस्रो त्रैमासमा ८८ अर्ब र चौंथो त्रैमासमा एक खर्ब ३८ अर्ब रुपैयाँसमेत गरी कुल दुई खर्ब ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउन लागेको हो ।

ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउने राष्ट्र बैंकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*