तपाईको सहयोगले भवन बनेपछि कृषकलाई सहज भएको छ : थ्यांक यु ईन्द्र बानियाँ

हेटौंडा टुडे
२४ कार्तिक २०७९, बिहीबार ११:०९

हेटौडा । मेरो नाम रामकृष्ण अधिकारी हो । म मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित जनकल्याण कृषि समूहकोे अध्यक्ष हुँ । समुहको संरचनाको बारेमा भन्नुपर्दा ईन्द्रबहादुर बानियाँ दाइले सांसद विकास कोषबाट १० लाख रुपैयाँ हाल्दिनु भएर हामीले भवन बनाको हौं ।
भवनको जगको लागि मनहरी ९ नम्बर वडा कार्यालयले पनि २ लाख दिएको थियो । यो भवन सबै रजैयाबासीको साझा सम्पति बनेको छ । अहिले प्राय जुनसुकै बैठक पनि यस भवनमा संचालन भइरहेको छ ।

समूहको भवनबाट पानी तान्ने पम्प सञ्चालन पनि गरिएको छ । कृषकहरुलाई पानी लगाउने सुविधा भइरहेको छ । कृषि समूह दर्ता गरेपछि विद्युतमा हामीलाई ७ रुपैयाँ युनिटको ठाउँमा छुट गरेर साढे तीन रुपैयाँ युनिट लिने गरिएको छ । समूहको भवन निर्माण हुँदा कृषकलाई धेरै कुरामा सहज भएको छ । कृषि समूहमा लगानी एवं त्यसको हरहिसाव वितरणका लागि पनि भवन निर्माण भएपछि सहज भएको छ । यो भवनको लाभ हाम्रो समूहले मात्रै नभई रजैयाका अन्य कृषक समूह र महानुभावले लिईरहनु भएको छ । अहिले सानो ठूलो कार्यक्रम यही भवनमा हुन थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*