चिनियाँ संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल भ्रमणमा आउने

हेटौंडा टुडे
२५ कार्तिक २०७९, शुक्रबार १२:०४

हेटौडा-चिनियाँ संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल भ्रमणमा आउने भएका छन् ।

उनी नेपाल भ्रमणमा आउने निश्चित भएपनि समय भने यकिन भइ नसकेको परराष्ट्र स्रोतले जनाएको छ । यद्यपि उपमन्त्री ली आगमी मंसिर ४ गतेको प्रदेश र संघको निर्वाचनअघि नै नेपाल भ्रमणमा आउने भएको हुन् ।

नेपाल भ्रमणको क्रममा चिनियाँ काठमाडौं र भक्तपुरमा चिनियाँ लगानीमा बनेका सम्पदाहरुको अवलोकन गर्ने कार्यक्रमको तय भएको जनाइएको छ ।

आम निर्वाचन अघि चिनियाँ मन्त्रीको यो नेपाल भ्रमण हुनुलाई महत्वका साथ हेरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*