हेटौडा-कात्तिक ११ गतेदेखि प्रदर्शनरत चलचित्र ‘महापुरूष’ तेस्रो सातामा प्रवेश गरेको छ । फिल्म हेर्न परिवार नै आइरहेकाले हल संचालकले समेत शो दिएका छन् ।
प्रदर्शनको दुई सातामा यसले सात करोड ग्रस कलेक्सनको व्यापार गरेको छ । मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा २१ शो पाएको छ । क्युएफएक्सअन्तर्गत दरबार सिनेम्याक्समा १ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ३ शो, लबिम मलमा ४ शो, सिभिल मलमा ३ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा १ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा १ शो, वुटवलमा २ शो, दमौलीमा १ शो, नारायणघाटमा रहेको जलमामा २ शो, विराटनगरमा १ शो, विर्तामोडमा २ शो दिएको छ ।
काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा १ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा १ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा १ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा २ शो रहेको छ । बानेश्वरमा रहेको वान सिनेमाजमा २ शो र कालिमाटीमा २ शो दिएको छ ।आईएनआई सिनेमाज अन्तर्गत लोत्से मलमा ३ शो र बुटवलमा रहेको आइएनआइमा ३ शो दिएको छ ।
दर्शकले देखाइरको मायाले आउँदो दिनमा शो बढ्ने निर्देशक प्रदीप भट्टराईले बताए । ‘नयाँ फिल्म आएसी पुरानोलाई कम विश्वास गर्ने प्रचलन नै छ । तर, दर्शकले खोज्नु भएपछि शो बढ्नेमा विश्वस्त छौँ । फिल्म हेर्न सपरिवारनै आउने क्रम बढिरहेको छ’, निर्देशक भट्टराईले बताए ।