शैक्षिक क्षेत्रका समस्या हल गर्न पहल गर्छु : छिन्तु

हेटौंडा टुडे
२७ कार्तिक २०७९, आईतवार ०८:४५

हेटौंडा  । मकवानपु निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) का उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) ले मुलुकको समृद्धिका लागि नै गठबन्धन निमार्ण भएकाले यहाँको शैक्षिक क्षेत्रमा देखिएका समस्या हल गर्न पहल गरिने आश्वासन दिनुभयो । शनिवार बकैया गाउँपालिकामा आयोजित ‘वर्तमान शैक्षिक समस्या समाधानमा संघ र प्रदेश सरकारको भूमिका विषयक’ अन्र्तक्रिया कार्यक्रममा उहाँले आफु बिजयी भए प्रदेश सरकारबाट आवश्यक नीति निमार्ण गरी अस्थायी शिक्षकहरुलाई स्थायी प्रक्रियामा ल्याउने प्रतिबद्धता जाहेर गर्नुभयो ।

उहाँले आफु प्रदेशसभामा रहँदा पनि शैक्षिक क्षेत्रको विकासका लागि सक्दो खटिएको र अब पनि बिजयी भए यहाँहरुले भनेजस्तो निजामती कर्मचारी र शिक्षकबीचको विभेद अन्त्य गरिने दाबी समेत गर्नुभयो ।

कार्यक्रममा बकैया गाउँपालिकाका गठबन्धनतर्फका शिक्षक संघ संगठनका प्रतिनिधिहरुले निजामती कर्मचारी र शिक्षकबीचको विभेद अन्त्य गरी समान व्यवहार हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले राहत, अनुदान ,निजी लगायत विभिन्न नाममा विभाजित शिक्षकहरुलाई दरबन्दीमा रुपान्तरण गर्दै आवश्यक प्रक्रिया पु¥याएर स्थायी गरिनुपर्ने पनि बताएका छन् ।

सरकारले संघिय शिक्षा ऐन जारी गरी शिक्षा र शिक्षकको समस्या समाधान गर्न तथा शैक्षिक वर्षको सुरुवातसंगै नयाँपाठ्यपुस्तक प्रयाप्तता हुनेगरी व्यवस्था गर्न पनि माग गरेका थिए ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन बकैया गाउँ कमिटी अध्यक्ष मदन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विजय गौतम, गठबन्धनतर्फका क्षेत्र नम्बर १ प्रचारप्रसार संयोजक दामोदर खनाल, माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार लक्ष्मी पाख्रिन लगायतको उपस्थिती रहेको थियो ।

यसैबिच लोकतान्त्रिक बाम गठबन्धनतर्फका बकैया गाउँ कमिटीका शिक्षक संघ संगठनका प्रतिनिधिहरुले प्रदेशसभा सदस्य उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) लाई शिक्षकको पेशागत हकहित र समस्या समाधानमा पहल गर्न ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । शनिवार नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संगठन र प्रगतीशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिले गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने र उपाध्यक्ष भक्त बहादुर खत्रीको रोहवरमा उम्मेदवार छिन्तुलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*