कुलमान घिसिङ पच्चीस वर्षपछि फिल्म हलमा

हेटौंडा टुडे
२७ कार्तिक २०७९, आईतवार ११:२४

हेटौडा-लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले फिल्म ‘महापुरुष’ हेरेका छन् ।

शनिबार चावहिलको एफएक्युब हलमा पुगेर उनले सपरिवार फिल्म हेरे । मह जोडीको अभिनय रहेको र हेर्नेले राम्रो भनेकाले दर्शक बनेर विदाको समय सदुपयोग गरेको उनले बताए ।

हेरेपछि प्रतिक्रिया दिँदै घिसिङले आफूलाई मन पर्ने सामाजिक विषयवस्तमा फिल्म बनेको बताए । ‘राम्रो कथा र नेपाली समाजसँग जोडिएको विषय’, घिसिङले भने, ‘मन भित्रको अन्धकारलाई हटाउदै खुसी हुनुपर्छ भन्ने संदेश दिएको छ । फिल्म राम्रो बनेको छ ।’

फिल्मले उठान गरेको कथावस्तु र अभिनयको प्रसंशा पनि गरे । घिसिङलाई दर्शकको रुपमा पाउँदा उत्साहित भएको निर्देशक प्रदीप भट्टराईले बताए ।

तस्बिर गुगलबाट

‘हामीले अध्यारोमा गुम्सिएको आमाबुवालाई उज्यालो दिने प्रयास गरेका हौँ । आज उज्यालोको देउतालाई दर्शकको रुपमा पाउँदा सफल भएका छौँ’, निर्देशक भट्टराईले भने, ‘हल भिजिटमा पाएको प्रतिक्रियाले दर्शकसँग जोडिएको फिल्म बनाए भन्ने लागेको छ ।

कालकारहरु अरुण क्षेत्री र अञ्जना बराइली पनि हलमा पुगेका थिए । निर्माता दीपेश खत्रीले फिल्ममार्फत एकल अभिभावकको समस्यालाई उजागर गर्ने प्रयाश गरेको बताए ।

हरिवंश आचार्यको प्रमुख भूमिका रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टको अभिनय छ । कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् । भने निर्माता दिपेश खत्री रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*