हेटौडा -साताको पहिलो कारोबार दिन (आइतबार) प्रि ओपन सेसनमा नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक करिब १ अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २३.५२ अंक घटेर १८९३.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७६ अंक घटेर १८९२.९४ विन्दुमा झरेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०८ अंक घटेको छ।
आइतबार प्रि ओपन सेसनमा ८ स्टकको २ लाख २४ हजार ५७९ रुपैयाँ बराबरको २२२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
सेयर गर्नुहोस्