विश्वकप फुटबलका लागि इरानले २५ सदस्यीय खेलाडी टोलीको घोषणा

हेटौंडा टुडे
२८ कार्तिक २०७९, सोमबार १४:४६

हेटौडा -कतारमा मङ्सिर ४ गतेदेखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि इरानले २५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ । प्रशिक्षक कार्लोस क्वीरोजले आइतबार राति एसियाली देश इरानको अन्तिम टोली सार्वजनिक गर्नुभएको हो ।

प्रशिक्षक कार्लोसले टोलीमा निकारागुआविरुद्धको खेलमा चोट बोक्नुभएका ओमिद इब्राहिमीलाई समेट्नुभएको छैन ।कतारमा मङ्सिर ४ गतेदेखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि इरानले २५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ । प्रशिक्षक कार्लोस क्वीरोजले आइतबार राति एसियाली देश इरानको अन्तिम टोली सार्वजनिक गर्नुभएको हो । प्रशिक्षक कार्लोसले टोलीमा निकारागुआविरुद्धको खेलमा चोट बोक्नुभएका ओमिद इब्राहिमीलाई समेट्नुभएको छैन ।

इरानी टोलीको गोलरक्षकमा अलिरेजा बेइरानभाड, अमिर बदेदजादेह, होसेन होसेइनी र पायम निएजमान्ड हुनुहुन्छ । रक्षकहरूमा एहसान हाजासाफी, मोर्तेजा पाउरालिगान्जी, रामिन रेजाइन, मिलद मोहम्मदी, होसेन कानाजिजादेगन, शोजाई खालीजादेह, सादेघ मोहरामी, रोउजबेह चेस्मी, मजिद होसेनी र अबोलफजल जाली हुनुहुन्छ ।

यस्तै मिडफिल्डरहरुमा भहिद अमिरी, अलिरेजा जाहानबाख्स, साइद एजातोलाही, मेहदी तोराबी, सामान घोडोस, अली घोलिजादेह, अहमद नोउरोलाही र हलि करिमी तथा स्ट्राइकरहरुमा करिम अन्सारीफार्द, सर्दार अजमोन र मेहदी तारेमी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image