हेटौडा। मंसिरमा ४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको लागि सरकारले तीन दिन सार्वजनिक विदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले एक सूचना जारी गर्दै २, ४ र ५ मंसिरमा विदा दिने निर्णय गरेको जानकारी दिएको छ । गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा २ मंसिर देखि ५ मंसिरसम्म मतदानस्थल भएका विद्यालय तथा ४ र ५ मंसिरमा सरकारी कार्यालयलाई विदा दिने निर्णय भएको उल्लेख छ ।
सेयर गर्नुहोस्