जनताको घरघरमा बानियाँ

हेटौंडा टुडे
२९ कार्तिक २०७९, मंगलवार १३:०७

हेटौडा-मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले चुनावी सक्रियता बढाएका छन् । गाउँ बस्तीमा पुगी चुनावी सभालाई सम्बोधन गर्नेदेखि घरदैलोमै पुगेर मतदातासँग साक्षात्कार गर्ने, उनीहरुसँग सुझाव संकलन गर्ने तथा उनीहरुको गुनासो सुनी समाधानको प्रयास गर्ने कार्यलाई बानियाँले तीव्र पारेका हुन् ।

सोमबार मनहरी–२ को च्यापल, ध्यावाडाँडा, भुन्द्रुङटाँडी वडा नम्वर–३ को बिक्रमपर्ता, वडा नम्वर–९ को ज्यामिरे टासी छ्योइलिङ गुम्बा परिसर, सुवेदीटोल ज्यामिरे र ८ नम्वर वडाको सिम्पानीलगायतका गाउँमा पुगी बानियाँले जनतासामु साक्षात्कार गरेका हुन् । घरदैलो अभियानका क्रममा मतदाताहरुबाट उत्पाहपूर्ण सहयोगको प्रतिवद्धता प्राप्त भएको बताउँदै जनताले आफुलाई निर्वाचित गराउनेमा ढुक्क रहेको बानियाँले बताए । आफु सरकारमा नहुँदा पनि जनताको सुखदुखमा सँगसँगै रहेको बताउँदै बानियाँले बागमती प्रदेशमा गठबन्धनको सरकार बनेपछि जनताको समस्या समाधान गर्न योजना बनाएर काम गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*