व्यक्तिगतदेखि राजनीतिक जीवन उकास्न उहाँको योगदान छ : धन्यवाद ईन्द्र बानियाँ

हेटौंडा टुडे
३० कार्तिक २०७९, बुधबार १०:५०

हेटौंडा  –  मेरो नाम सूर्यबहादुर रुम्बा हो । म मकवानपुरगढी–७ को वडाध्यक्ष हुँ । २०७२ मा पर्सागढी नगरपालिकाबाट हेटौंडातर्फ आउँदै गर्दा दूर्घटनामा परी मेरो दायाँ खुट्टा गुम्यो । कृत्रिम खुट्टा हालेर अहिले हिँडडुल गरिरहेको छु । कृत्रिम खुट्टाको साहारामा अहिले वडावासीको सेवामा खटिइरहेको छु । २०७४ को स्थानीय निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका थिएँ । आफ्नो कार्यशैली र जनताप्रतिको सेवाभावकै कारण मलाई पुनः वडाबासीले २०७९ को निर्वाचनमा पनि पुनः वडाध्यक्ष बनाए ।

दोस्रो पटक वडाको नेतृत्व गर्ने अवसर मलाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले दिनुभएको हो । त्यति मात्रै होइन ईन्द्र बानियाँज्यूले नै मलाई नयाँ जीवन दिनुभएको छ । दूर्घटनापछि जीवनमा केही गर्न सक्छु भन्ने हौसला नै गुमाएको थिएँ । तर, उहाँले मेरो हरेक कदममा मद्धत गर्दै आउनुभएको छ । दूर्घटनामा परी बेहोस अवस्थामा रहेका बेला ईन्द्र बानियाँको पहलमा मलाई काठमाडौँको बिएण्डबी हस्पिटल पु¥याइयो । लामो समय राप्रपाको राजनीतिमा सक्रिय रहेको म २०७० मा कांग्रेस प्रवेश गरेको हुँ । ग्रामिण क्षेत्रमा पुगी जनताको हितका लागि सेवा गर्ने, सबैलाई समान व्यवहार गर्ने बानियाँबाटै प्रभावित भएर मु कांग्रेसको राजनीतिमा आएको हुँ । ईन्द्र बानियाँज्यू जनताको नेता हो । पार्टी नभनी काम गर्नुभएको छ । कांग्रेस, माओवादी, एमाले कसैलाई विभेद गर्नुभएको छैन । उहाँ विकासप्रेमी नेता हो । उहाँसँग काम गर्ने क्षमता, शैली दुवै छ । मेरो व्यक्तिगतदेखि राजनीतिक जीवन उकास्न उहाँको योगदान छ । थ्यांक यु ईन्द्र बानियाँ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*