हेटौंडा–१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतगणना प्रारम्भ भएको छ।
मतगणनाका लागि फरकफरक स्थल तोकिएको छ। मतगणनाका लागि मतदान स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला निर्वाचन अधिकृतले नेपाल लाइभलाई बताएका छन्।
काठमाडौं क्षेत्र नंबर १ को मतगणनाका बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा, क्षेत्र नम्बर २ मा थलीस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नम्बर ३ को जोरपाटी स्थित चामुण्डा स्कुलमा, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा, क्षेत्र नम्बर ५ को मतगणना टोखाको श्रीसमाज भवनमा, क्षेत्र नम्बर ६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नम्बर ७ को मतगणना बालाजुको जुडो हलमा भइरहेको छ।
यस्तै, क्षेत्र नम्बरर ८ को मतगणना स्वयम्भुको गीतामाता स्कुलमा, क्षेत्र नम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नम्बर १० मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा जारी छ।
यद्यपि क्षेत्र नम्बर २ मा भने सर्वदलीय बैठक सकिएर मतगणना प्रारम्भ गर्ने तयारी भइरहेको निर्वाचन आायेगले बताएको छ।