ब्राजिल विश्वकपको नकआउट चरणमा

हेटौंडा टुडे
१३ मंसिर २०७९, मंगलवार १०:४८

हेटौंडा । ब्राजिल कतारमा जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणका दुई खेलमा लगातार जित निकाल्दै ब्राजिलले एक खेल बाँकी हुँदै अन्तिम १६ मा स्थान बनाएको हो ।
सोमबार राति भएको खेलमा दक्षिण अमेरिकी देश ब्राजिलले स्वीट्जरल्याण्डलाई १(० गोल अन्तर पराजित गरेको हो । ब्राजिलको जितमा ८३ औँ मिनेटमा कासेमिरोले गरेको गोल नै निर्णायक बन्यो ।
लगातार दुई खेलमा जित निकालेको ब्राजिलको ६ अंक भएको छ । पहिलो खेलमा उसले सर्बियालाई पराजित गरेको थियो । अब उसले समूह चरणमा क्यामरुनसँग खेल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image