
हेटौंडाःकतारमा जारी विश्वकप फुटबलमा आजबाट क्वार्टरफाइनलका खेलहरू हुँदैछन् । पहिलो खेलमा आज उपाधीको दाबेदार मानिएको ब्राजिल र साविक उपविजेता क्रोयसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे हुनेछ ।
त्यस्तै दोस्रो खेलमा राती पौने १ बजे उपाधीको दाबेदार अर्जेन्टिनाले नेदरल्यान्डको सामना गर्नेछ ।


सेयर गर्नुहोस्